×

चिनियाँ सैनिकले चारैतिर घेरेपछि ताइवान आक्रोशित, अमेरिकाको चिन्ता

काठमाडाैं | असोज २८, २०८१

चिनियाँ सेनाले ताइवान वरपर युद्ध अभ्यास शुरू गरेपछि ताइवान आक्रोशित बनेको छ । यसलाई ताइवान कब्जा गर्ने चीनको प्रयास भन्दै ताइवानी स्वतन्त्रता समर्थकहरू आक्रोशित बनेका हुन् । अमेरिकी सरकारले पनि चीनको कदमको निन्दा गरेको छ ।

Laxmi Bank

चीनले ताइवानलाई आफ्नो क्षेत्रको रूपमा हेर्दै आएको छ भने ताइवान भने आफू लोकतान्त्रिक देश रहेको दाबी गर्दै आएको छ ।


Advertisment

ताइवानका राष्ट्रपतिलाई छिङ-तेले गत साता राष्ट्रिय दिवसको अवसरमा गरेको भाषणमा ताइवानले नयाँ युद्ध अभ्यास गर्ने बताएका थिए । लाइले आफ्नो सम्बोधनमा चीनले ताइवानलाई आफ्नो क्षेत्र भएको भन्ने अधिकार नभएको उल्लेख गरेपछि बेइजिङले तीव्र विरोध जनाएको थियो ।


Advertisment

चीनको पूर्वी थियेटर कमान्डले ‘ज्वाइन्ट स्वोर्ड–२०२४ बी’ नामक सैन्य अभ्यास ताइवानको उत्तर, दक्षिण र पूर्वी क्षेत्रमा भइरहेको बतायो ।

'यो अभ्यास ताइवान स्वतन्त्रता पक्षधरको भुइँफुट्टा क्रियाकलापलाई कडा चेतावनी दिने उद्देश्यले गरिएको हो । यो राज्यको सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्नका लागि कानूनी र आवश्यक कदम हो,' उक्त कमान्डले चिनियाँ र अंग्रेजी दुवै भाषामा जारी गरिएको विज्ञप्तिमा भनेको छ ।

कमाण्डले यो अभ्यास कहिलेसम्म चल्छ भन्नेबारे जानकारी दिएको छैन । विज्ञप्तिसँगै प्रकाशित नक्सामा ताइवानको पूर्वी तटमा दुईवटा, पश्चिमी तटमा तीनवटा, उत्तरमा एउटा र ताइवानका नजिकैका टापुहरूमा तीनवटा गरी नौ वटा सैन्य अभ्यास भइरहेको देखाइएको छ ।

युद्ध अभ्यासका क्रममा चिनियाँ जहाज र विमानहरू विभिन्न दिशाबाट ताइवाननजिक पुगेका छन् ।  विज्ञप्तिमा समुद्री र हवाई युद्ध अभ्यास, प्रमुख बन्दरगाह नाकाबन्दी गर्ने, समुद्री र स्थल लक्ष्यहरूमा आक्रमण गर्ने र 'सर्वोच्चता कब्जा गर्ने संयुक्त कार्य' उल्लेख गरिएको छ ।

चीनले युद्ध अभ्यासका क्रममा 'लिआओनिङ' नामको विमानवाहक युद्धपोत ताइवानको पूर्वतर्फ सञ्चालन गरेको पुष्टि गरेको छ, तर कुनै प्रत्यक्ष गोलीबारी अभ्यास वा उडान निषेध क्षेत्र भने घोषणा गरिएको छैन ।

सन् २०२२ मा अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले ताइवानमाथि मिसाइल प्रक्षेपण गरेको थियो ।

चीनको नेभीले ताइवान वरिपरि गस्ती गरिरहेको छ ।

ताइवानको रक्षा मन्त्रालय र नेभीले पनि चीनको यस कदमविरुद्ध आफ्ना सुरक्षा संयन्त्र परिचालन गरेको छ भने राष्ट्रिय सुरक्षा परिषदका अधिकारीहरूले सोमबार बैठकगरी यसबारे छलफल गरेको बताएका छन् ।

ताइवानको राष्ट्रिय सुरक्षा परिषद्‌का महासचिव जोसेफ वुले चीनले लाइको सद्भावनाको सन्देशलाई बेवास्ता गरेको आरोप लगाए ।

'अन्य राष्ट्रहरूलाई सैन्य शक्तिले धम्की दिनु विवाद शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्ने संयुक्त राष्ट्र संघको वडापत्रविरुद्ध हो,' जोसेफ वुको भनाइ उदृत गर्दै रोयटर्सले लेखेको छ ।

चिनियाँ सरकारी मिडियाले सेनाले मिसाइल प्रक्षेपणको अभ्यास गरेको र लडाकु विमानले हवाई हमला मार्ग खोलेको उल्लेख गरेका छन् भने बमवर्षक विमानहरूले लामो दूरीको मिशन सञ्चालन गरेको जनाएका छन् ।

चीनको पूर्वी थियेटर कमान्डले लाइको कार्टूनसँगै जारी गरेको प्रोपेगान्डा भिडियोमा ताइवान वरिपरि युद्धपोत र लडाकु विमानहरूलाई राखिएको देखाएको छ ।  

ताइवानको एक सुरक्षा स्रोतले भने अहिलेसम्म कुनै मिसाइल प्रक्षेपणको संकेत नरहेको बताएका छन् ।

अमेरिकी अधिकारीहरूले चिनियाँ अभ्यासको नजिकबाट अवलोकन गरिरहेको रोयटर्सको दाबी छ । अमेरिकी विदेश विभागका प्रवक्ताले भने, 'चीनलाई संयमित भएर काम गर्न र कुनै पनि यस्ता गतिविधि नगर्न आग्रह गर्दछौं । जसले ताइवान स्ट्रेट र क्षेत्रीय शान्ति तथा स्थायित्वलाई कमजोर बनाउन सक्छ ।'

ताइवानको चीन मामिला परिषदले चीनको पछिल्लो युद्ध अभ्यास र बल प्रयोगको धम्कीलाई 'उत्तेजना' भन्दै यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई गम्भीर रूपमा कमजोर पारेको जनाएको छ ।

ताइवानको राष्ट्रपतिको कार्यालयले चीनले ताइवानको अस्तित्वलाई स्वीकार्नुपर्ने र ताइवानका जनताको लोकतन्त्रलाई सम्मान गर्नुपर्ने बताएको छ ।

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

x