२७ जेठ २०८३, बुधबार

मुगुका शिक्षक बढुवालको 'झल्क्यो बगस' सार्वजनिक [भिडियोसहित]

कात्तिक ८, २०८१
काठमाडौं
मुगुका शिक्षक बढुवालको 'झल्क्यो बगस' सार्वजनिक [भिडियोसहित]

गायक तथा सर्जक चन्द्रप्रकाश बढुवालको 'झल्क्यो बगस' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कार्तिक ६ गते जन्म दिनमा उनले आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । 

गीतमा उनकै शब्द र संगीत रहेको छ । 

मुगुको छायानाथ रारा नगरपालिका-१० का बढुवालले यसअघि 'टीम्क्या' नामक देउडा गीतको म्युजिक भिडियो बजारमा ल्याएका थिए । 

उनी कर्णाली माध्यमिक विद्यालय टोप्लामा प्रधानाध्यापकको रूपमा पनि कार्यरत छन् । उनी माध्यमिक तह नेपाली विषयका शिक्षक हुन् । 

विद्यालयमा रहेका बालबालिकालाई विभिन्न मनोरञ्जनका माध्यमबाट शिक्षण सिकाइ गराउँदै आएका बढुवाल गायन मात्र होइन कथा, कविता, गजल र मुक्तकको पनि रचना गर्छन् । 

गायक तथा सर्जक बढुवालले गत वर्ष २०८० सालमा शिक्षा मन्त्रालयबाट प्रदान गरिने उत्कृष्ट शिक्षक पुरस्कार पनि प्राप्त गरेको बताए । 

बढुवालको तिहारको म्युजिक भिडियो पनि यही कार्तिक ९ गते सार्वजनिक हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्