२७ जेठ २०८३, बुधबार

मदनकृष्ण अभिनित ‘बुढेसकाल’ सार्वजनिक

मंसिर ४, २०८१
काठमाडौं
मदनकृष्ण अभिनित ‘बुढेसकाल’ सार्वजनिक

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ अभिनित ‘बुढेसकाल’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा श्रेष्ठकै स्वर रहेको छ । 

हरिभक्त बुढाथोकीले लेखेको गीतमा चेतन चुडालको संगीत, चन्दन साहको एरेञ्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको छ ।

संकेत अगस्तिको निर्देशन रहेको गीतको भिडियोमा श्रेष्ठसँगै अभि सुनार, मारिया कार्की, जेशिका पोख्रेल, राधिका गजमेरको अभिनय छ । 

यस्तै, बालकलाकारमा फयाश्री निरौला, अंशु बराइली, लिजेन बराइली, जुविन कोइराला, सुयांश सापकोटाको अभिनय छ । गीतको भिडियोमा वृद्ध अवस्थाका दुःख, पीडा र पारिवारिक अपहेलनालाई प्रस्तुत गरिएको छ ।

भिडियोलाई मुकेश हुँमागाईंले छायांकन र मीन रावलले सम्पादन गरेका हुन्  । 

salt training

कमेन्ट गर्नुहोस्