२६ जेठ २०८३, मंगलबार

‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपियो

मंसिर २३, २०८१
काठमाडौं
‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपियो

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को विशेष मञ्चन थपिएको छ । 

एक साताअघि मंसिर १६ बाट आज मंसिर २३ सम्म मञ्चन मिति थपेको नाटकले पुनः अन्तिम एक शो थप गरेको हो ।

थपिएको विशेष मञ्चन मंसिर २४ गते सोमबार साँझ ४:३० मण्डला थिएटरमा हुनेछ । गत कात्तिक २४ देखि नियमित मञ्चन थालेको यस नाटकको आज आइतबारको नियमित मञ्चन कायम नै छ ।

दयाहाङ राईको निर्माण तथा केदार श्रेष्ठको लेखन, निर्देशन रहेको नाटकमा मेनुका प्रधान र कार्मलाई मञ्चमा प्रत्यक्ष देख्न पाइनेछ । दर्शकहरूले टिकट नपाएर फर्कने अवस्था आएपछि एक शो थपेर रङ्गकर्मीहरूको सहयोगार्थ विशेष मञ्चन गर्न लागेको मण्डला थिएटरले जनाएको छ ।

मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’लाई अहिलेसम्म नियमित २८ वटा मञ्चनमा ३५ सयभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

यस नाटकले घटनाभन्दा पनि घटनाको प्रभावमा जन्मिएका मानवीय संवेदनाको कथालाई मञ्चमा उतारेको छ । सन्तान चाहनाको उत्कट उत्साह सङ्गालेका दम्पत्तिको जीवनमा आइपरेका जटिलता, आकांक्षा, आशा, बाध्यता, विवशता, विकल्प र विश्वास नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’को मेरुदण्ड हो । 

नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मण्डला थिएटरले घोषणा गरेको ७ निर्देशकमध्येको तेस्रो हो । नाटकमा कलाकार मेनुका र कार्मका साथमा भित्री मञ्चमा मनिष व्याञ्जु र आभा प्रधानको अभिनय छ ।

देव न्यौपानेको ध्वनि, घनश्याम श्रेष्ठको प्रकाश, रमिला नेम्कुलको भेषभुषा परिकल्पना रहेको नाटकको मञ्च परिकल्पना निर्देशक स्वयम्‌को हो ।

salt training

कमेन्ट गर्नुहोस्