
राजश्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवं अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्न सिफारिश गरिएको छ ।
शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले उनको नाम सिफारिश गरेको हो ।
साथै विशेष अदालतको सदस्यमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोक्न परामर्श दिने निर्णयसमेत गरिएको प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए ।
बैठकले १६ जिल्ला न्यायाधीश, ८ उच्च अदालतका न्यायाधीशको सरुवा सिफारिश गर्नुका साथै १ जना उच्च अदालतका न्यायाधीशको काज सरुवा सिफारिशसमेत गरेको छ ।
यस्तो छ सूची



