२६ जेठ २०८३, मंगलबार

दशरथ रङ्गशालामा त्रिविको स्वर्ण दीक्षान्त समारोह​​ [तस्वीरहरू]​

पुस १३, २०८१
काठमाडौं
दशरथ रङ्गशालामा त्रिविको स्वर्ण दीक्षान्त समारोह​​ [तस्वीरहरू]​

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज त्रिभुवन विश्वविद्यालयले आफ्नो ५०औं वर्ष अर्थात् स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ ।

उक्त समारोहमा आज १४ हजार तीन सय सात विद्यार्थी दीक्षित भएको छन् । यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका त्रिविले जनाएको छ ।

दीक्षान्त समारोह अभिभावकको समेत सहभागिता रहेको छ ।

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औं ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन् भने समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ।

दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव र समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी भएका छन् । 

तस्वीरहरू 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्