×

NMB BANK
NIC ASIA

गोरखाको चुनावी रौनक

बाबुरामका भाइ भन्छन्, यसकारण एकपटक देशलाई दाइ चाहिन्छ (भिडियो सहित)

मंसिर २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

पालुङटार २ मंसिर– दाइ डा. बाबुराम भट्टराईसँग अनुहार मिलेको भनेर माओवादी सशस्त्र जनयुद्धको समयमा उनलाई प्रहरीले पटक पटक नियन्त्रणमा लियो । नेपाल विद्युत प्राधिकरणका जागिरे शिवप्रसाद भट्टराई बाबुरामसँग अनुहार मिलेका कारण पटक पटक प्रशासनको निगरानीमा परे । 

Sagarmatha Cement
Muktinath Bank

गएको जेठमा प्राधिकरणको ३० बर्षे जागिरबाट अवकाश पाएपछि शिवप्रसाद अहिले दाजु बाबुरामको लागि भोट माग्दै गाउँ गाउँमा हिँडेका छन् । शनिवार गोरखाको पालुङटारमा आयोजित चुनावी सभाको व्यवस्थापनका लागि उनी पहिल्यै सभास्थलमा आइपुगेका थिए ।
 
‘विगतमा अर्थमन्त्री र प्रधानमन्त्री हुँदा दाजुले गरेको कामका कारण यहाँका स्थानीय जनता उहाँको पक्षमा खुलेर लागेका छन्,’ काठमाडौं कोटेश्वरका अस्थायी वासिन्दा शिवप्रसाद भन्छन्, ‘गोरखाली मतदाताले बाबुरामलाई छाडेर अरु विकल्प रोज्दैनन् ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिवप्रसादले खोप्लाङबाट दाजुलाई भोट हाल्नेछन् । संविधान निर्माणका क्रममा राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको रुपमा काम गरेको र संविधान कार्यान्वयन र समृद्धिसहित देशलाई नयाँ उचाइमा पुर्‍याउन बाबुरामको आवश्यकता हुने उनको दाबी छ ।
 
बाबुरामभन्दा ६ बर्ष कान्छा शिवप्रसाद आफू र अन्य कयौं व्यक्ति बाबुरामको प्रेरणाका कारण अध्ययनमा लागेको बताउँछन् । ‘विगतमा गरेका कामका कारण स्थानीय जनता बाबुरामसँग सुखी छन्,’ शिवप्रसादले थपे, ‘अहिले बुढीगण्डकी आयोजना बनाउन पनि बाबुरामले जित्नु पर्ने स्थानीयको भनाइ छ ।’


Advertisment
Nabil box
Kumari

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्वोधन गर्ने भनिएका कारण भवानी बहुमुखी क्याम्पस नजिकैको मैदानमा सर्वसाधारणको भीड लागेको छ । तीन दिनअघि यही स्थानमा भएको कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुरामको आलोचना गरेका थिए । 

Vianet communication
Laxmi Bank

बाबुरामको भाषण सुन्न खोप्लाङका ८१ बर्षीया डोलनाथ पोखरेल पालुङटार आएका छन् । ‘बाबुराम अर्थमन्त्री भएकै कारण यहाँ बाटो र पुल बने, किसानको ३० हजार ऋण मिनाहा भयो,’ पोखरेल भन्छन्, ‘गोरखाका लागि बाबुरामको विकल्प छैन ।’ उनले चुनाव जिते भने गोरखाको थप विकास हुने विश्वास लिएको बताए । 

अर्थमन्त्री रहेको समयमा बाबुरामले गोरखामा कयौ विकास योजना पारेका थिए । ‘पहिले पालुङटारको जग्गा १० हजार रोपनी थियो, अहिले २० लाख पर्ने भएको छ’ स्थानीय ६१ बर्षीय भक्तबहादुर रायमाझीले भने, ‘जो आएपनि हाम्रो रोजाइ बाबुराम नै हो ।’ 

केही दिन अघि यही स्थानमा भएको सभामा बाबुरामका सहपाठी डा. उपेन्द्र देवकोटाले भट्टराईको आलोचना गरेका थिए । ‘जसले जे भनेपनि गोरखाले बाबुराम जस्तो नेता पाएको छ, गोरखाको विकासका लागि जे गर्छन बाबुरामले नै गर्छन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x