२६ जेठ २०८३, मंगलबार
राजावादीको प्रदर्शन हेरेपछि

गणतन्त्रको १७ वर्षमा पूर्वराजा ज्ञानेन्द्रले सञ्चित गरेको ताकत

फागुन २६, २०८१
काठमाडौं
गणतन्त्रको १७ वर्षमा पूर्वराजा ज्ञानेन्द्रले सञ्चित गरेको ताकत

नेपालमा राजतन्त्र अन्त्य भएको डेढ दशक (२०६५–२०८१) बितिसक्दा समेत पूर्वराजाका गतिविधिले आमजनतामा तरंग सिर्जना गर्ने गरेको छ । पूर्वराजा र राजपरिवारका सदस्यका गतिविधि स्वदेश मात्र होइन, विदेशमा समेत चर्चाको विषय हुने गरेको छ । 

राजसंस्था र राजपरिवारप्रति आमजनताको चासो हुनुमा गणतन्त्र स्थापनाभन्दा ७ वर्ष पहिले भएको नारायणहिटी दरबार हत्याकाण्ड मुख्य कारण हो, जुन हत्याकाण्डको निष्पक्ष छानबिन होस् र वास्तविकता सार्वजनिक होस् भन्ने आममानिसको अपेक्षा अहिले पनि कायम छ । 

अहिले पनि सार्वजनिक यातायातका पछाडि पूर्वराजा वीरेन्द्रको परिवारका सदस्यहरूको तस्वीर राखेको देखिन्छ, न कि आन्दोलनले विस्थापित भएका ज्ञानेन्द्रको । 

पूर्वराजा ज्ञानेन्द्रले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशपछि राजावादी एकाएक जुर्मुराए । राजतन्त्रलाई भजाएर आफ्नो राजनीतिक दुनो सोझ्याएकाहरूले ज्ञानेन्द्र काठमाडौं फर्किने दिनमा आफ्नो शक्ति परीक्षणको मेसो मिलाए । आइतबार एयरपोर्टबाहिर पूर्वराजाको स्वागतका नाममा भीड जम्मा भयो ।

राजतन्त्रका पक्षधरहरूको प्रचार यस्तो थियो, मानौं कि निर्वासनमा गएका पूर्वराजा स्वदेश फर्किंदै छन् र त्यसैको विषयमा उत्सव मनाइँदैछ । आइतबारको प्रदर्शनमा ‘मानव सागर’ उर्लेको भनेर राजावादीहरू हौसिएका छन् । 

null

विमानस्थलमा बाजागाजासहित स्वागत गर्नुपर्ने कुनै विशेष परिस्थिति बनेको थिएन, तैपनि पूर्वपञ्चहरूले आइतबार थोरै भएपनि आफ्नो बोसो घटाए । राजतन्त्र बिर्सन लागेको पुस्तालाई फेरि एकपटक सम्झाइदिए । 

ज्ञानेन्द्र शाह काठमाडौं फर्किने विषय पछिल्लो साता ‘टक अफ द टाउन’ भयो । विमानस्थलबाट घर (निर्मल निवास) जान लागेका शाह नारायणहिटी नै फर्किन लागेको जसरी प्रचार जो भएको थियो ।  

आन्दोलनमा सहभागी भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हुन्, या कमल थापा, सबैले अहिले पनि गणतन्त्र भोग गरिरहेका छन् । गणतन्त्रको उद्घोष गर्ने पार्टीको नेतृत्व (प्रचण्ड)को सरकारमा सहभागी भएर दुवैजना गणतन्त्रका हिस्सेदार भइसकेका छन् । लिङ्देन, थापा या अराजक दुर्गा प्रसाईंको नेतृत्वमा हुने आन्दोलनले राजा फर्काउने कुरा स्वयं ज्ञानेन्द्र शाहलाई पनि पत्यार लाग्दैन होला । 

१० हजार आसपासको मासलाई देखाएर राजेन्द्र लिङ्देन– कमल थापाहरू व्यवस्था फेर्नुपर्ने दलिल गरिरहेका छन् । राजतन्त्र ढाल्न कुन स्केलको आन्दोलन भएको थियो भन्ने हेक्का जनआन्दोलन दबाउने पात्र समेत रहेका तत्कालीन गृहमन्त्री कमल थापालाई नभएको होइन । 

देशको अर्थतन्त्र कमजोर बनेका बेला बैंकको ऋण नतिर्न उक्साउने, शब्दैपिच्छे कटुवचन बोल्ने प्रसाईंले राजतन्त्र फर्काउँछु भन्दा ज्ञानेन्द्रलाई शंकोच लाग्नुपर्ने हो । कमल थापाको कुरा नगरौं, उनी राजतन्त्र र धर्मलाई बेचेर शक्ति आर्जन गर्ने व्यापारी हुन् । एमालेसँग तालमेल गरेर चुनाव लडेका थापा अनुकूल पर्दा माओवादीको चिह्नबाट चुनाव लड्न पनि पछि पर्दैनन् ।

१० हजार आसपासको मासलाई देखाएर राजेन्द्र लिङ्देन– कमल थापाहरू व्यवस्था फेर्नुपर्ने दलिल गरिरहेका छन् । राजतन्त्र ढाल्न कुन स्केलको आन्दोलन भएको थियो भन्ने हेक्का जनआन्दोलन दबाउने पात्र समेत रहेका तत्कालीन गृहमन्त्री कमल थापालाई नभएको होइन । 

राजतन्त्रलाई घुँडा टेकाउन विमानस्थलको गेट होइन, सिंगो रिङरोडमा मानव साङ्लो बनेको धेरै भएको छैन । 

एयरपोर्टबाहिर उपस्थित संख्या र मनोविज्ञान

आइतबार पूर्वराजाको स्वागतका लागि भएको कार्यक्रममा तीनथरि मनोविज्ञानको संयोजन भएको देखियो । विगतमा राजतन्त्रको पालामा कुनै न कुनै ढंगले लाभ लिएका र अझै पनि त्यसप्रति आस्था राख्ने व्यक्तिहरू, जो उमेरले ६० वर्षभन्दा माथिका छन् । दोस्रो– राजतन्त्रलाई देखाएर शक्ति आर्जन गर्न चाहने शक्तिहरू लिङ्देन, थापा र प्रसाईं र उनका आसेपासे । तेस्रो, रमितेहरू, जो रमाइलो हेर्न गएका थिए । 

निश्चय पनि आइतबारको प्रदर्शनमा राजावादीहरू हौसिनुको कारण सत्ताको नेतृत्व गरेका र गर्दैआएका राजनीतिक दलप्रतिको आक्रोश प्रमुख पक्ष हो । सामाजिक सञ्जाल र कहीँ कतै जवाफदेही हुनुनपर्ने सञ्चार माध्यम (युट्युब)ले फैलाएको अफवाहले जनतामा आक्रोश पैदा भएको छ । 

मानिसहरूले आफ्नो क्षेत्रमा भइरहेको विकास हेरेका छैनन्, सामाजिक सञ्जालको ‘अल्गोरिदम’का आधारमा राजनीतिक दलले देश चुसे, नेताले लुटे भन्ने भाष्य बनाइरहेका छन् । आफ्नो घर आँगनको डिलमा बनेको चिल्लो बाटो हेरेर होइन, सामाजिक सञ्जालमा सुरेन्द्र केसी, भीम उपाध्याय र पुण्य गौतमले बोलेको आधारमा समाजले धारणा बनाइरहेको छ । 

null

२ दशकअघिसम्म बदनाम कहलिएको राजसंस्था फर्किए देशका तमाम समस्या चुट्कीको भरमा समाधान हुन्छन्, भन्ने भाष्य सिर्जना गरिएको छ । आमजनताको दिमागमा नकारात्मक सोच भर्नुमा नयाँ भनिएका राजनीतिक दल र नेताको पनि योगदान छ । 

आजको दिनमा गणतन्त्रप्रति खतरा राजावादीबाट भन्दा जनताको दिमागमा भरिदिएको ‘अल्गोरिदम’बाट ज्यादा छ । ७७ जिल्ला र वडा तहमा आफ्नो संगठन भएका राजनीतिक दलहरूले देशमा भएको सकारात्मक परिवर्तनबारे जनतालाई बुझाउन सकेका छैनन् । 

बरु गणतन्त्रका लागि लडेका राजनीतिक दलहरू नै सत्तास्वार्थका लागि एकले अर्कोलाई बदनाम गर्न खोजिरहेका छन् । संसदबाटै एउटाले स्वीट्जरल्याण्डको बैंकमा थुपारिएको पैसा र कम्बोडियाको टेलिकममा गरिएको लगानीको हिसाब माग्छ । अर्कोले दुबईको बैंकमा जम्मा गरिएको पैसा र लसभेगासको जुवाघरमा गरिएको लगानीको हिसाब खोज्छ । 

आफूलाई परिवर्तन पक्षधर भन्नेहरू एकले अर्कोलाई बदनाम गराउने खेलमा लाग्दा राजावादीहरू हौसिएका छन् । सल्बलाउन थालेका छन् । यो अवस्थाको जिम्मेवार आलोपालो सरकारको नेतृत्वमा रहेका नेताहरू हुन् । 

जतिसुकै हौसिए पनि नेपालमा तत्काल राजतन्त्र फर्किने कुनै राजनीतिक, सामाजिक या अन्तर्राष्ट्रिय परिस्थिति बनेको छैन । गणतन्त्रलाई सहर्ष स्वीकार गरेर लोकतान्त्रिक बन्दै गएको सेनाको मनोविज्ञान फेरि राजा फर्काउने छैन । राजसंस्थाप्रति मोह भएका ‘रूक्माङ्गत कटवाल’ पुस्ता सेनाको नेतृत्वबाट बिदा भइसकेको छ । 

null

सत्ता राजनीतिको भागबण्डामा पानी बाराबारको अवस्था सिर्जना भए पनि गणतन्त्र जोगाउने मामिलामा प्रमुख दलहरू एक ठाउँमा छन् । काठमाडौंका राजावादीको गतिविधि बढ्न थालेपछि हुलाकी राजमार्गको कार्यक्रम स्थगित गरेर माओवादीले काठमाडौंमा फर्किएर गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गर्‍यो । 

सैद्धान्तिक रूपमा पनि राजतन्त्र आन्दोलनबाट फर्किँदैन, सैन्य कू वा त्यस्तै परिस्थिति बन्नुपर्छ । १८ औं, १९ औं र २० औं शताब्दीमा विश्वका कतिपय मुलुकमा राजतन्त्र पुनःस्थापना भएका थिए, जतिबेला लोकतन्त्रको महत्त्वबारे विश्वव्यापी बहस भएको थिएन । 

जे होस्, गणतन्त्र स्थापनापछिका १७ वर्षमा राजतन्त्रको पक्षमा कति जनसमर्थन रहेछ भन्ने मापन गर्ने अवसर आइतबारको प्रदर्शनले दिए । आइतबारको उपस्थितिलाई ज्ञानेन्द्र शाहले शक्तिपीठमा धाएर सञ्चित गरेको ताकतका रूपमा बुझ्नुपर्दछ । 

जे होस्, गणतन्त्र स्थापनापछिका १७ वर्षमा राजतन्त्रको पक्षमा कति जनसमर्थन रहेछ भन्ने मापन गर्ने अवसर आइतबारको प्रदर्शनले दिए । आइतबारको उपस्थितिलाई ज्ञानेन्द्र शाहले शक्तिपीठमा धाएर सञ्चित गरेको ताकतका रूपमा बुझ्नुपर्दछ । 

योगीको फोटो देखाएर भारतलाई विवादमा तान्ने कोशिश 

बुझिएअनुसार राजावादीको गतिविधिप्रति यतिबेला भारतीय संस्थापनको सहयोग, समर्थन या सहानुभूति केही पनि छैन, हिन्दू राष्ट्रको पक्षमा रहेका केही साधु सन्तको भए बेग्लै कुरा । आइतबार राजतन्त्र पक्षधरको कार्यक्रममा यूपीका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रदर्शन गरिएको विषयलाई लिएर नेपालमा अनेकथरि टिप्पणी भएका छन् । 

सरकारको नेतृत्वकर्ता दलका जिम्मेवार नेताहरूले समेत सामाजिक सञ्जालमा सस्ता टिप्पणी गरेका छन्, जुन असान्दर्भिक छन् । राजतन्त्रवादी या गणतन्त्रवादी जो कोहीको आन्दोलनमा घुसपैठ र भिजिलान्ते प्रयोग भएका हुन्छन् । 

राप्रपा नेताहरूसँग बुझ्दा आदित्यको फोटो प्रदर्शन गर्ने कुनै योजना थिएन । कमल थापाको पार्टीमा रहेका प्रदीपविक्रम राणा आदित्यनाथको फोटो बोकेर र्‍यालीमा सहभागी भएका थिए । उत्तर प्रदेशको मुख्यमन्त्री हुनुअघि आदित्यनाथले नेपालमा राजसंस्था पुनःस्थापना र हिन्दू अधिराज्य कायम हुनुपर्ने बताएका थिए । तर, उनको त्यो अभिव्यक्ति भारतीय जनता पार्टीको आधिकारिक धारणा थिएन । 

आयोजकले मुख्य ब्यानरमै कसैको तस्वीर झुण्ड्याएको भए बहसको विषय बन्थ्यो । तर, व्यक्ति विशेषले आफ्नो नामसहित योगी आदित्यनाथको तस्वीर देखाएको भरमा कोकोहोलो गर्नु आवश्यक थिएन । आदित्यनाथ एउटा व्यक्तिको फोटो प्रदर्शन गरिँदैमा राजावादीको आन्दोलनमा भारतको नाम जवरजस्ती जोड्नु अतिरञ्जना हो । यस्तै सस्ता टिप्पणी र कुप्रचारले छिमेक सम्बन्ध बिगार्न मलजल गर्ने हो । 

अहिले नेपालमा भएको राजनीतिक परिवर्तनमा भारतको प्रत्यक्षपरोक्ष सहयोग रहेको जगजाहेर छ । गणतान्त्रिक व्यवस्थालाई भारतले औपचारिकरूपमा स्वीकार गरिसकेको छ । यस्तो बेला भाजपाको मूलधारबाट विस्तारै कर्नरमा पर्दै गएका आदित्यनाथले चाहँदैमा पनि नेपालमा राजसंस्था फर्किहाल्ने अवस्था होइन । 

salt training

कमेन्ट गर्नुहोस्