![जनताले राजा चाहे अन्तर्राष्ट्रिय समुदाय तयार हुन्छ, अहिले कसैको इसारा छैन: धवल शमशेर [भिडियो अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Dhawal_Shamsher_Rana_N28nGtIlMZ.jpg)
राजसंस्था पुनःस्थापना गर्नुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न राजावादी दल–समूहले चैत्र १५ गते शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दैछन् । शुक्रबारको प्रदर्शनपछि पनि आन्दोलनका कार्यक्रम जारी राख्ने राजावादीको तयारी छ ।
राजावादी सल्बलाएको भन्दै माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले शुक्रबार नै काठमाडौंमा खबरदारी सभा आयोजना गर्दैछ ।
राजसंस्था पक्षधर र गणतन्त्र पक्षधरको आन्दोलनले राजधानीमा सुरक्षा खतरा बढ्ने विश्लेषण गरिएको छ ।
राजसंस्था पुनःस्थापनाको पक्षमा आन्दोलन गर्ने तयारी गरेको राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा आन्दोलन शान्तिपूर्ण हुने बताउँछन् ।
बिदा भइसकेको राजसंस्था फर्किने बाटो कुन हो ? कुन विधिबाट राजसंस्था फर्किन्छ ? शुक्रबारको आन्दोलन र त्यसपछिका कार्यक्रम कसरी अगाडि बढ्छन् ? अन्तर्राष्ट्रिय समुदायको समर्थनविना व्यवस्था परिवर्तन भएर राजसंस्था पुनःस्थापना कसरी सम्भव हुन्छ ? ‘बेबी किङ र सेरेमोनियल किङ’को बहस राजावादीमा बाँकी छ कि छैन ?
यीलगायत समसामयिक विषयमा राप्रपा महामन्त्री एवं सांसद राणासँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियो अन्तर्वार्तामा :