२६ जेठ २०८३, मंगलबार

शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्रीको छलफल

बैशाख २, २०८२
काठमाडौं
शिक्षकका मागबारे अर्थ र गृह मन्त्रीसँग शिक्षामन्त्रीको छलफल

विभिन्न माग राखेर सामुदायिक विद्यालयका शिक्षकहरू १४  दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । नियमित शैक्षिक कार्यतालिका अनुसार मंगलबारदेखि देशभर भर्ना अभियान शुरू हुनु पर्ने हो । 

तर, शिक्षकहरू आन्दोलनमा रहेका कारण भर्ना अभियान प्रभावित हुने मात्र होइन; धेरैजसो विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रकाशित भएको छैन । 

शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरोकारवाला विभिन्न निकायसँग छलफल गरिरहेकी छन् । यसैक्रममा उनले मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखसँग छलफल गरेकी छन्  । 

उनीहरूबीच अर्थ मन्त्रालयमा छलफल भएको थियो । विधेयक संसद्‌सँग सम्बन्धित भएपनि आर्थिक व्ययभारको विषय जोडिएकाले मन्त्री भट्टराईले अर्थमन्त्रीसँग समेत छलफल गरेकी हुन् । 

शैक्षिक सुधारसम्बन्धी माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । 

विद्यालय शिक्षा ऐन शीघ्र पारित गर्नुपर्ने, नेपाल शिक्षक महासंघसँग यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्