२६ जेठ २०८३, मंगलबार

एमजी एस-५ ले युरो एनक्याप परीक्षणमा पायो ‘फाइभ स्टार रेटिङ’

जेठ ७, २०८२
काठमाडौं
एमजी एस-५ ले युरो एनक्याप परीक्षणमा पायो ‘फाइभ स्टार रेटिङ’

एमजीको नयाँ विद्युतीय गाडी एस–५ले प्रतिष्ठित युरो एनक्याप (NCAP) परीक्षणमा पाँचतारे सुरक्षा रेटिङ पाएको छ । 

सन् २०२५ को परीक्षणमा सहभागी यो गाडीले सबै सुरक्षा मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै ‘फाइभ स्टार रेटिङ’ पाएको हो ।

यसबाट एमजी एस–५ ले उपभोक्ताको भरोसा जित्न सफल भएको भन्दै अन्तर्राष्ट्रिय रूपमै चर्चा भइरहेको कम्पनीले जनाएको छ । 

युरो एनक्यापका अनुसार एमजी एस-५ ईभीको सुरक्षा स्कोरमा वयस्क यात्रु सुरक्षा ९० प्रतिशत, 
बाल यात्रु सुरक्षा ८२ प्रतिशत, सडक प्रयोगकर्ता (पैदल यात्री) सुरक्षा ८२ प्रतिशत र सुरक्षा सहायक प्रणाली ७८ प्रतिशत रहेको छ । 

नयाँ डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री इन्जिनियरिङ समावेश भएकाले एस–५ नेपाली बजारमा उत्कृष्ट विकल्पका साथ प्रस्तुत भइसकेको छ । 

यो गाडीले केवल आराम र प्रदर्शन मात्र होइन, सुरक्षा र स्थायित्वमा समेत उच्चस्तरको ग्यारेन्टी दिने देखिएको छ ।

यसअघि नेपाली बजारमा एस–५ को कुनै रेटिङ नै भएको छैन भन्दै भएका हल्ला यसबाट निराधार सावित भएका कम्पनीले जनाएको छ । युरो एनक्यापले आफ्नो आधिकारिक फेसबुक पेजमै एस–५ ले पाँचतारे रेटिङ पाएको उल्लेख गरेको छ ।

पछिल्लो प्रविधिमा आधारित यो विद्युतीय गाडी नेपाली बजारमा पारामाउन्ट मोटर्सले ल्याएर बिक्री वितरण शुरू गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्