२७ जेठ २०८३, बुधबार

टेस्लालाई पछि पार्दै अस्ट्रेलियामा सबैभन्दा बढी बिक्री हुने ईभी बन्यो बीवाईडी

जेठ २५, २०८२
काठमाडौं
टेस्लालाई पछि पार्दै अस्ट्रेलियामा सबैभन्दा बढी बिक्री हुने ईभी बन्यो बीवाईडी

चीनको सबैभन्दा ठूलो विद्युतीय गाडी निर्माता बीवाईडी अस्ट्रेलियामा पनि टेस्लालाई पछाडि पार्दै सबैभन्दा बढी बिक्री हुने ईभी बनेको छ ।

अस्ट्रेलियाको अटोमोबाइल्स बजारमा ऐतिहासिक परवर्तन ल्याउँदै बीवाईडीले अमेरिकी कम्पनी टेस्लालाई पछाडि पारेको हो ।  

टेस्लाको वर्चस्वलाई तोड्दै बीवाईडीको नयाँ मोडल ‘सिलियन ७’ बजारमा आएको पहिलो महिनामै अस्ट्रेलियाको सबैभन्दा बढी बिक्री हुने विद्युतीय गाडी बन्न सफल भएको हो । 

बीवाईडीले लामो समयदेखि शीर्ष स्थानमा रहेको टेस्लाको ‘मोडेल वाई’लाई पछाडि पारेको छ । 

सन् २०२४ को बिक्रीको आँकडाअनुसार, बीवाईडीको ‘सिलियन ७’ले आफ्नो पहिलो महिनामा १ हजार ४४५ युनिट बिक्री गरेर बजारमा नयाँ तरंग सिर्जना गरेको छ । 

यसको तुलनामा टेस्लाको मोडेल वाईले सोही अवधिमा १ हजार १६७ युनिट मात्र बिक्री गर्न सक्यो । यो एक साधारण बिक्रीको संख्या मात्र नभई अस्ट्रेलियाली बजारमा टेस्लाको एकाधिकार समाप्त हुँदै गएको संकेतका रूपमा पनि हेरिएको छ ।

चिनियाँ विद्युतीय गाडीले पहिलोपटक अस्ट्रेलियाको बिक्री तालिकामा शीर्ष स्थान हासिल गरेको हो । 

मे महिनामा ८० हजार अस्ट्रेलियन डलरभन्दा कम मूल्यको मध्यम आकारको पारिवारिक गाडीको श्रेणीमा पनि पहिलो नम्बरमा बीवाईडीको सिलियन पर्न गएको छ । यसले पेट्रोल र डिजेल जस्ता परम्परागत इन्धनबाट चल्ने गाडीलाई समेत पछि पार्न सफल भएको छ । 

यसका साथै समग्रमा बीवाईडी अस्ट्रेलियामा दशौं सबैभन्दा बढी बिक्री हुने सवारी साधन बनेको छ ।  

आकर्षक मूल्य र उत्कृष्ट सुविधाका कारण बीवाईडीले विश्वबजारमा उत्कृष्ट प्रदर्शन गरिरहेको हो । कम्पनीले उपभोक्ताहरूलाई कम मूल्यमा उच्च गुणस्तर र आधुनिक प्रविधि प्रदान गरेर बजारमा आफ्नो बलियो स्थान बनाएको छ । 

सिलियनका २ मोडल बजारमा उपलब्ध रहेका छन् । जसमध्ये सिलियन डाइनामिक मोडलको  मूल्य ४९ हजार ८९० अस्ट्रेलियन डलर बाट शुरू हुन्छ । यसमा ७१.८ किलोवाटको ब्याट्री छ । जसले एकपटकको चार्जमा ४२० किलोमिटरको यात्रा दूरी प्रदान गर्दछ ।

अर्को प्रिमियम मोडलको मूल्य ५४ हजार ८९० अस्ट्रेलियन डलरबाट शुरू हुन्छ । यसमा ८७.० किलोवाटको ठूलो ब्याट्री छ । जसले ५०० किलोमिटरको आकर्षक यात्रा दूरी प्रदान गर्ने टेस्लाको दाबी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्