२६ जेठ २०८३, मंगलबार

धवलशमशेरपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित

असार ३, २०८२
काठमाडौं
धवलशमशेरपछि रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् ।

मिश्र मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । उनी यसअघि फरारको अवस्थामा थिए । 

यसअघि सोमबार राप्रपा महामन्त्री एवं सांसद डा. धवलशमशेर जबरा अदालतमा उपस्थित भएका थिए । उनी सोमबार नै जिल्ला अदालतको आदेशअनुसार धरौटी बुझाएर छुटेका थिए । 

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । लगत्तै राणाले उक्त धरौटी बुझाएसँगै छुटेका हुन् । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजालसमा मिश्रको बयान भइरहेको छ । 

काठमाडौं जिल्ला अदालतले बिहीवार तीनकुने घटनाका मुख्य योजनाकार दुर्गाप्रसाईसहित ७ जनालाई पुपक्षका लागि थुनामा पठाएको छ । 

धवल र मिश्रलाई राज्यविरुद्धको कसुर, संगठित अपराध, आपराधिक उपद्रोलगायत मुद्दा दर्ता भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्