२७ जेठ २०८३, बुधबार

१० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपाल लाइफले कायम गर्‍यो रेकर्ड

असार ३२, २०८२
काठमाडौं
१० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपाल लाइफले कायम गर्‍यो रेकर्ड

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औं वर्षमा आइपुग्दै गर्दा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक, कम्पनीमा विश्वास गरी बीमा गर्ने  बीमित, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ता, कम्पनीका कर्मचारी, शेयरधनी, नियामक निकाय तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न अहोरात्र सहयोग गर्ने सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् । 

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको कम्पनीले जनाएको छ । 

आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीलले बताए । 

नेपाल लाइफ प्रविधिमैत्री प्रणालीको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्ट ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने, कर्मचारी तथा अभिकर्ताको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिम सञ्चालन गर्दै आम नागरिकलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्