२६ जेठ २०८३, मंगलबार

वैकल्पिक उपाय अपनाएर भए पनि द्रुतमार्गलाई सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री ओली

साउन १२, २०८२
काठमाडौं
वैकल्पिक उपाय अपनाएर भए पनि द्रुतमार्गलाई सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई सम्पन्न गर्नुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत उनले उक्त सडकले काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

'द्रुतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो । खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ । वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ । हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु,' प्रधानमन्त्री ओलीले लेखेका छन् ।

उनले काठमाडौं–तराई/मधेश द्रुतमार्ग मुलुकको रणनैतिक महत्त्वको सडक आयोजना भएकाले नेपाली सेनाले निर्माण गरिरहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्