२६ जेठ २०८३, मंगलबार

नेपालमा इन्टेलिजेन्ट प्रिमियम ईभी ‘एमजी आईएम ६’ सार्वजनिक, देशभर बुकिङ खुला

साउन १५, २०८२
काठमाडौं
नेपालमा इन्टेलिजेन्ट प्रिमियम ईभी ‘एमजी आईएम ६’ सार्वजनिक, देशभर बुकिङ खुला

नेपालमा इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी ‘एमजी आईएम ६’ सार्वजनिक गरिएको छ । 

मोरिस गराजेज (एमजी)का नेपालका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले बिहीबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी यस नयाँ मोडेलको भव्य सार्वजनिक अनावरण गरेको हो ।

‘एमजी आईएम ६’ नेपालमा पहिलो पटक सार्वजनिक भएको इन्टेलिजेन्ट प्रिमियम अर्बन इभी एसयूभी हो । एआई प्रविधिबाट सञ्चालित यस सवारीसाधनमा उच्च प्रदर्शन, स्मार्ट फिचर, अत्याधुनिक डिजाइन र सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको कम्पनीको दाबी छ । एमजीले यसलाई ‘इन्टेलिजेन्स इन मोसन’ भन्ने भावनासहित अगाडि सारेको छ ।

अब देशभरका सबै आधिकारिक एमजी शोरूममा आईएम ६ को बुकिङ खुला गरिएको छ भने इच्छुक ग्राहकहरूले टेस्ट ड्राइभको सुविधा पनि लिन सक्ने कम्पनीले जनाएको छ । 

प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने, ‘हामी नेपालमा एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं ।  यो गाडी एसएआईसीको ‘इन्टेलिजेन्स इन मोसन’को विश्व दृष्टिकोणलाई प्रतिनिधित्व गर् छ। उत्कृष्ट रेञ्ज, एआई असिस्टेड र लक्जरी क्याबिन अनुभवसहित, यो केवल ईभी मात्र नभई नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य हो ।’

एआई, लक्जरी र नवीनताको समिश्रण
एमजी आईएम ६ मा ‘फ्युचरिस्टिक एआई क्याबिन’, ‘आईएम डिजिटल च्यासिस’, ‘एड्भान्स्ड इलेक्ट्रिफिकेसन’ र ‘अल्टिमेट सेफ्टी’ जस्ता विशेषता समावेश गरिएको छ । 

यसमा ७५ किलोवाट घण्टाको एलएफपी ब्याट्री, ५०५ किलोमिटरसम्मको रेञ्ज, २०० किमी प्रतिघण्टाको उच्चतम गति, १०९ किलोवाटको ‘हरीकेन मोटर’ र ४५० एनएमको टर्क छ।

null

यस गाडीमा ‘रेनी नाइट मोड’, ‘वान टच पार्किङ’, ‘ब्लाइन्ड स्पट डिटेक्सन’, ‘ADAS प्रणाली’, ‘iSmart एप’ जस्ता इन्टेलिजेन्स र कन्ट्रोल फिचरहरू समावेश छन्, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्छ ।

‘Crab Mode’ सहितको इन्टेलिजेन्ट फोर-व्हील स्टेयरिङ र ५.०९ मिटरको टाइट टर्निङ रेडियसले शहरभित्रको सहज ह्यान्डलिङ सुनिश्चित गर्छ ।


आईएम ६ को संरचना सबमरीनबाट प्रेरित गरिएको छ जसमा उच्च शक्ति सामग्री प्रयोग गरिएको छ । गाडीमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निङ, फर्वार्ड कोलिज़न वार्निङ, लेन चेन्ज असिस्ट र अन्य बौद्धिक सुरक्षा प्रणालीहरू समावेश छन् । 

गाडीको तापमान व्यवस्थापन, ब्याट्री चेक, पार्किङ लोकेसन ट्र्याक गर्नेसम्मका सबै सुविधा ‘iSmart’ मोबाइल एपमार्फत प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्