
राउण्ड टेबल नेपाल (आरटीएन) दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम गरिएको छ ।
विराटनगर सेन्ट्रल राउण्ड टेबल १५, ४१ क्लब ४ विराटनगर र ट्याङ्गेण्ट्स क्लब १ विराटनगरको संयुक्त आयोजनामा जयहिन्द पीयू टेक, विराटनगरमा रक्तदान कार्यक्रम गरिएको हो ।
समाजसेवा र मानवता प्रतिको प्रतिबद्धताअनुरूप कार्यक्रम गरिएको आयोजकहरूले जानकारी दिएका छन् । कार्यक्रमको मुख्य उद्देश्य रक्त अभावमा परेका बिरामीहरूको सहायता गर्नु र नियमित रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा क्लब सदस्यहरू, स्वयंसेवकहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार कुल ४२ पिन्ट रगत सङ्कलन गरिएको छ ।
यस किसिमका सामाजिक सेवामूलक गतिविधिहरूले समाजमा सकारात्मक सन्देश दिनुका साथै सहयोग र एकताको भावना पनि बलियो बनाउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन् ।