२७ जेठ २०८३, बुधबार

तीज विशेष: यसरी बनाउन सकिन्छ मौलिक, स्वस्थ्य र सन्तुलित थाली

भदौ ७, २०८२
काठमाडौं
तीज विशेष: यसरी बनाउन सकिन्छ मौलिक, स्वस्थ्य र सन्तुलित थाली

तीजको दरमा आफ्नै मौलिक र लोक परम्परागत परिकारहरू खान स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ। व्यवसायीक परिकारभन्दा घरायसी भान्सामा पाकेका मौलिक परिकार नै धेरैले मन पराउने र स्वास्थ्यवर्द्धक खुराक हुने हुँदा धेरैजसो होटल रेस्टुरेन्टले पनि अब मेनुमा यस्ता मौलिक र लोक खाना समावेश गर्न शुरू गरेका छन् ।

गहुँको च्याख्ला, चामलको चिल्ले बाबर, कोदोको चिल्ले बाबर, भट्टामुन्टा, लुक्ला सिमी डामेको, खसीको भुटुवा, गेडागुडीको रस, पोलेको गोल्भेडाको अचार र कुराउनी मिलाएर थाली सेट तयार गरिएको छ । यी सबै हाम्रा मौलिक र लोक परिकार हुन्, जुन परापूर्व समयदेखि खाने गरिन्थ्यो ।

भैँसीको घ्यु झानेर पकाएको गहुँ, जौ या मकैको च्याख्ला खान पाउँदा छुट्टै मज्जा लाग्छ । सुनजस्ता मकैका च्याख्ला या मोतीजस्ता गहु या जौका परिकार विविध नामले विस्वभर चल्ने परिकार हुन् ।

तर, हामीले विदेशी परिवारको मोहमा आफ्ना मौलिक परिकार बिर्संदै गएका मात्र हौं । लामा-लामा चामलको मोहमा हामीले हाम्रा मौलिक र स्वास्थ्यमैत्री परिकारला सामाग्री सबैलाई भुलेर अरूकै संस्कृतिमा रम्न थालेका छौं ।

खसीको भुटुवा बनाउन राम्रा राम्रा मासुका पिस लिएर गरम मसला, नुन बेसार हालेर उसिन्ने र तोरीको तेलमा तातो जुने गरी भुटेर धुलो मसल हालि चलाउने र पस्कने ।

गहुँ या जौँ को च्याख्ला बनाउन गेडालाई धोएर रातभर भिजाउने र दोस्रो दिन घ्यु, नुन पानी हालेर मज्जाले पाक्ने गरी प्रेसरमा हालेर उसिन्ने । मकैको फ्याप्लो बनाउन हरियो मकैलाई छोडाएर ओखल या ब्ल्यान्डरमा हल्का क्रेस गर्ने र पानी,नुन र घ्यु हालेर फत्काउने । राम्ररी पाके पश्चात तातो तातो पस्कने ।

गेडागुडीको रस बनाउन तोरीको तेल तताएर हल्का ज्यानो र सुकेको खुर्सानी फुराउने । अब भिजाएर टुसा उमारेको मिक्स गेडागुडी, थोरै अदुवा लसुनको पेस्ट, बेसार नुन पानी हालेर प्रेसरमा पकाउने।

अकबरे भट्टामुन्टा बनाउन प्यानमा घ्यु तताएर ताजा डल्ले खुर्सानी भुराउने र हरियो भटमासको गेडा र फर्सी या आन्य कुनै पनि मुन्टा ओइराउने । स्वाद अनुसार नुन हालेर पकाउने र पस्कने ।

चामलको बाबर बनाउन ताइचीन चामल भिजाएर पिस्ने र लेदो बनाएर थोरै नुन सख्खर हालेर घ्युमा बाबर तयार गर्ने । कोदोको बाबर बनाउन पनि मनतातो पानी र नुन हालेर लेदो पिठो मुछ्ने र घ्युमा बाबर बनाउने ।

डामेको लुक्ला सीमी बनाउन एक रात भिजाएको लुक्ला सीमीलाई बेसार र नुन हालेर उसिन्ने र घ्युमा डामेर हल्का मसल छर्केर पस्कने ।

पोलेको गोल्भेडाको अचारका लागी साना-साना चार पिस गोल्भेडा दुई पिस डल्ले खुर्सानी दुई केस्रा लसुनलाई आगोको भुङ्ङ्रोमा सेकाएर पोल्ने र स्वादअनुसार नुन र हरियो धनिया हालेर सिलौटोमा पिस्ने र पस्कने ।

कुलाउनी बनाउन भैसीको पानी नमिसाएको एक लिटर दूध उमाल्ने र सानो आचमा घोटी घोटी पकाएर घटाउने । बाक्लो भनेर ठोसमा परिणत भएपश्चात थोरै घ्यु र चिनी हालेर पस्कने । यो मिठाई हाम्रो धेरै पुरानो इतिहास बोकेको मौलिक परिकार हो ।

salt training

कमेन्ट गर्नुहोस्