२६ जेठ २०८३, मंगलबार

ब्लू कर्पोरेसनले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिभ अफर’

भदौ १८, २०८२
काठमाडौं
ब्लू कर्पोरेसनले ल्यायो चाडपर्व लक्षित ‘फेस्टिभ अफर’

एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेसनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ ।

नजिकिँदै गरेको दशैँ-तिहार लक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम् डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा भारी छुट ग्राहकले पाउने छन् । 

विभिन्न छुट र बोनसको समावेशसहित गाडीको खरिदमा कूल ८ लाख रूपैयाँसम्मको लाभ लिनसक्ने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए । कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी-०१’ गाडी ग्राहकहरूले यो अफर अन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सक्नेछन् । 

साथै, कम्पनीका महाप्रबन्धक फुयाँलले दशैँ-तिहारमा गाडी खरिद गर्ने सोच बनाएका ग्राहकहरूका लागि यो अफर निकै उपयुक्त रहेको बताए । उनका अनुसार यस अफर अन्तर्गत गाडी किन्ने ग्राहकका जोडीले निःशुल्क ५ रात ६ दिनको सिङ्गापुर र मलेसिया घुम्ने अवसर प्राप्त गर्ने छन् ।  

यस्तै, फेस्टिभ अफरमा कम्पनीले १ लाखको नगद छुट, १ लाख रूपैयाँको एक्सचेञ्ज बोनस, निःशुल्क बीमा सुविधा पनि प्रदान गरेको छ । कम्पनीका अनुसार यही अफरभित्र गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन निःशुल्क दिइनेछ । 

कम्पनीले यो अफर सीमित समयका लागि मात्र रहेको जानकारी दिँदै इच्छुक ग्राहकहरूलाई नजिकको शोरूममा सम्पर्क गरी यसको लाभ लिन सकिने बताएको छ । 

नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल गाडी एलईभी-०१ हो । दमदार पर्फर्मेन्सले सुसज्जित यो गाडीमा ६७.१२ किलोवाट आवरको ब्याट्री क्षमता छ । ५०० किलोमिटर भन्दा बढी एकपटकको फुल चार्जमा कुदाउन सकिने यो गाडीको ग्राउन्ड क्लियरेन्स २१० मिमि रहेको छ ।
 
‘गाडीको खरिद गर्ने ग्राहकलाई सहजीकरणको उद्देश्य राखी यो अफर सार्वजनिक गरेका हौं, यो अफरको लाभ लिनसक्ने अवसर नेपालीहरूको महान चाडले जुराइसकेको छ’, महाप्रबन्धक फुयाँलले भने, ‘दशैँ-तिहारले मात्रै होइन, यसपटक एलएस अटोको गाडी खरिदमा राखिएको अफरमा हर्ष पाउनु हुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्