२६ जेठ २०८३, मंगलबार

आकर्षक अफरसहित पुनः शुभारम्भ भयो अमेरिकाबाट नेपाल पैसा पठाउने 'हाम्रो पात्रो रेमिट'

असोज ९, २०८२
काठमाडौं
आकर्षक अफरसहित पुनः शुभारम्भ भयो अमेरिकाबाट नेपाल पैसा पठाउने 'हाम्रो पात्रो रेमिट'

विश्वभरिका नेपालीको मन जित्न सफल मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा 'हाम्रो पात्रो रेमिट' पुनः शुरू गरेको छ। अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलै, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्।

विशेषगरी नेपालीहरूको महान चाड बडादशैंलाई लक्षित गर्दै हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ।

दशैंको शुभ अवसरमा हाम्रो पात्रो रेमिटमार्फत प्रयोगकर्ताहरूले १,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

दशैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५,००० नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर रू. १५० को विशेष विनिमय दर प्राप्त गर्नेछन्।

'हाम्रो पात्रो रेमिटले प्रदान गर्ने छिटो सेवा, पारदर्शी शुल्क र भरपर्दो डेलिभरी प्रणालीले गर्दा प्रयोगकर्ताले पठाएको हरेक डलरले घरमा थप माया, भरोसा र महत्व ल्याउनेछ । अमेरिकाबाट नेपालीहरूले सजिलै आफ्ना परिवारलाई आर्थिक सहयोग गर्न सकून् भन्ने हाम्रो मूल उद्देश्य हो,' हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेतीले भने ।

प्रयोगकर्ताले पैसा पठाउनुअघि कति रुपैयाँ पाइँदैछ भनेर थाहा पाउने हाम्रो पात्रोले जनाएको छ ।

रकम सिधै नेपालका प्रमुख बैंकहरूमा जम्मा हुन्छ र नियमित बैंकिङ समयअनुसार छिटो सम्पादन गरिन्छ ।

साथै, प्रयोगकर्ताहरूलाई कुनै पनि दुविधा या जिज्ञासा भएमा हाम्रो पात्रो एपमै हाम्रो समर्पित ग्राहक सेवा टोली २४ घण्टा नै साथमा रहने हाम्रो पात्रोले जनाएको छ ।

हाम्रो पात्रो रेमिट अमेरिकाको संघीय र राज्य सरकारको नियमअनुसार काम गर्ने अनुमोदित साझेदारहरूसँग मिलेर सञ्चालन गरिएको हो ।

यसमा प्रयोगकर्ताको जानकारी र रकमको सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया अपनाइएको हाम्रो पात्रोले जनाएको छ । जस्तै: केवाईसी प्रक्रिया, अवैध क्रियाकलाप रोक्ने (एएमएल) र सम्पूर्ण जानकारीको गोपनीयता राख्ने प्रविधि (end-to-end encryption) ।

त्यसबाहेक, हाम्रो पात्रो रेमिटमार्फत प्रयोगकर्ताहरूले अमेरिकाबाटै नेपालमा रहेका आफन्तहरूको बिजुली, इन्टरनेट, पानी लगायतका बिलहरू तिर्न मिल्ने, आफ्नो डिजिटल वालेटमार्फत झन् छिटो पैसा पठाउन सकिने र  फ्रिलान्सरहरू तथा साना व्यवसायीहरूलाई अमेरिकी क्लाइन्टबाट सजिलै भुक्तानी लिन मिल्ने जस्ता आकर्षक सुविधा पनि छिट्टै थपिने विश्वास हाम्रो पात्रो टीमले व्यक्त गरेको छ ।

'जहाँ नेपाली, त्यहाँ हाम्रो पात्रो' भन्ने भावना बोकेको यो एपले अझ गहिरो अपनत्व, पहुँच र सेवा दिन निरन्तर प्रयास गरिरहेको कम्पनीले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्