२७ जेठ २०८३, बुधबार
गृहमन्त्रीको कार्यशैलीप्रति प्रहरी असन्तुष्ट

गृहमन्त्री अर्याल र आईजीपी खापुङबीच दूरी बढ्दा प्रहरीको वृत्ति विकास ठप्प

असोज २३, २०८२
काठमाडौं
गृहमन्त्री अर्याल र आईजीपी खापुङबीच दूरी बढ्दा प्रहरीको वृत्ति विकास ठप्प

गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङबीच तालमेल नमिल्दा प्रहरीको वृत्ति विकास ठप्प भएको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने अर्यालको अडानमा खापुङले ‘ब्रेक’ लगाइदिएपछि उनीहरूबीच दूरी बढेको छ ।

दूरगामी असरका बारेमा नसोची हामी नेपालका सुधन गुरुङले ज  भन्यो त्यही निर्देशन दिन थालेपछि आईजीपी खापुङले प्रतिवाद मात्रै गरेनन्, लिखित निर्देशन नै मागेका थिए ।

‘चेन अफ कमान्ड’ मा चल्ने प्रहरीले आफ्नो निर्देशनको अवज्ञा गरेको ठानेर अर्यालले खापुङसँग दुरी बढाउन खोजेका हुन् ।

मन्त्री र आईजीपीबीच दूरी बढ्दा प्रहरीको वृत्ति विकासमा ‘ब्रेक’ लागेको छ । चारजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको बुधबार ११ दिन पुगिसक्यो ।

गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरू क्रमश: सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बि.क.लाई असोज १२ गते नै एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

प्रहरी नियमावलीअनुसार ७ दिनभित्र उजुरबाजुर नपरे बढुवा गरेर दर्ज्यानी चिन्ह लगाउने व्यवस्था छ । ११ दिन पुगिसक्दा पनि बढुवा सिफारिस भएकाले दर्ज्यानी चिह्न लगाएका छैनन् । बीचमा दशैँ बिदा परेकाले त्यो अवधिलाई दिनगन्ती नगरिएको बताइएको छ ।

एआईजी बढुवा मन्त्रिपरिषद्ले गर्छ । गृहमन्त्री अर्यालले बढुवा सिफारिसमा परेका चार जनाको नाम मन्त्रिपरिषदमा लगेर एआईजी बढुवाका लागि पेश गर्नुपर्छ । आगामी मन्त्रिपरिषद बैठकबाट चार जनालाई एआईजीमा बढुवा गर्ने तयारी सरकारको छ ।

बढुवा सिफारिसमा परेका एक डीआईजीले लोकान्तरसँग भने, ‘खै अहिलेसम्म कुनै जानकारी आएको छैन ।’

बढुवा सिफारिसमा परेकामध्ये दुईजना डीआईजीले अहिले प्रदेश प्रहरीको नेतृत्व गरिरहेका छन् ।

डीआईजी उमा चतुर्वेदीले मधेश प्रदेश प्रहरी कार्यालय र डम्बर बिकले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेका छन् ।

एआईजीको बढुवा नहुँदा एसएसपीबाट डीआईजी बढुवामा समेत ढिला हुन गएको छ ।

फागुनमा चुनाव गराउने म्यान्डेट पाएको यो प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नियमित हुने सरुवा–बढुवामा खासै ध्यान दिएको देखिँदैन ।

‘एकातिर प्रहरीको हात–हतियारदेखि कपडा समेत लुटिएका छन्, अर्कोतिर बस्ने भवन सग्लो छैन । यस्तो अवस्थामा हाम्रो वृत्ति विकासमा समेत ध्यान दिइएको छैन,’ बढुवा आकांक्षी एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘प्रहरीको मनोबल उच्च राख्ने कुरा मुखले मात्रै होइन, व्यवहारले पनि देखाउनुपर्‍यो ।’

माथिल्लो बढुवामा जाम हुँदा डीआईजी, एससएपी, एसपी, डीएसपी हुँदै तलसम्मको बढुवा प्रक्रिया अवरुद्ध बनेको छ ।

चार डीआईजी एआईजीमा बढुवा भएपछि डीआईजी दर्जाका पाँच सीट खाली हुन्छन् । त्यसका निम्ति १२ जनाका एसएसपीको बीचमा प्रतिस्पर्धा हुन्छ ।

डीआईजी बढुवामा छुटेका शारदाप्रसाद चौधरीसहित २०८० वैशाख २४ गते एसएसपीमा बढुवा भएका १० जना एसएसपी मुख्य दाबेदार छन् ।

एसएसपीहरू विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी र दीपशमशेर जबरा मुख्य दाबेदार हुन् । त्यही ब्याचका प्रहरी अधिकृतद्वय बसन्त रजौरे २०८० मंसिर ६ गते र रमेश बस्नेत २०८० माघ १७ मा एसएसपी बढुवा भएका थिए ।

उनीहरू पनि अहिलेको डीआईजी बढुवाका लागि आफूलाई प्रतिस्पर्धी ठान्छन् ।

आईजीपी खापुङले आगामी कात्तिक २६ मा अवकाश पाउँदैछन् । उनीपछि प्रहरी नेतृत्वका लागि चार जना दाबेदार छन् । एआईजीहरू दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह आईजीपीका दाबेदार हुन् ।

salt training

कमेन्ट गर्नुहोस्