२६ जेठ २०८३, मंगलबार

गायिका सुनिता दुलालले गरिन् विवाह

मंसिर १३, २०८२
काठमाडौं
गायिका सुनिता दुलालले गरिन् विवाह

गायिका सुनिता दुलाल वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

सिन्धुपाल्चोक स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी दुलालले रुकुम पश्चिम स्थायी घर भई काठमाडौंमा बसोबास गर्दै आएका राजेश केसीसँग शनिबार विवाह गरेकी हुन् ।​ 

विगत ५ वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन् ।

निर्माण व्यवसायमा सक्रिय केसी नेपाली कांग्रेसको भ्रातृ संस्था ​नेपाल विद्यार्थी संघ (​नेविसंघ)का पूर्वकेन्द्रीय सदस्य हुन् । नेविसंघमा सक्रिय केसी राजनीतिक वृत्तमा पनि परिचित छन् ।

तीज गीतमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका दुलालका मायाको मुखैमा चिनी, बाँसको कप्टेरो, नबोल अरूसँग लगायतका गीत लोकप्रिय छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्