
लक्ष्मी सन्राइज बैंकको डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्ने वार्षिक अभियानको सातौं संस्करण #DigitalDecember2025 शुरू भएको छ ।
यस संस्करण 'इम्पावरिङ्ग एन्टरप्राइजेज'को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहने बैंकले जनाएको छ ।
डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारका लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । अघिल्ला वर्षहरूका उपभोक्ता केन्द्रित अभियानबाट यस वर्ष उद्यम केन्द्रित डिजिटल रुपान्तरणतर्फ एक महत्वपूर्ण फड्को बैंकले जनाएको छ ।
नेपालको व्यापार प्रणालीमा लक्षित
डिजिटल डिसेम्बर २०२५ ले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघ संस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक बिक्रेता, आईटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा, र आतिथ्य लगायतका सबै क्षेत्रका उद्यमहरूलाई समावेश गर्ने लक्ष्य राखेको छ ।
यो अभियान उद्यमीहरूलाई डिजिटल बैंकिङ्गका माध्यममा सक्रिय बनाउँदै उच्च मूल्यको नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रुपान्तरणा गर्ने र एपीआई तथा होस्ट-टू-होस्ट कनेक्टिभिटीमार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्न मिल्ने समाधानका साथै भुक्तानी प्रकृयामा सहजीकरण गर्ने विषयमा केन्द्रित रहने छ।
यस्ता छन् बैंकले गर्ने व्यवसायमैत्री डिजिटल सेवा
· इ-कमर्स व्यवसायका लागि निर्बाध भिसा र मास्टरकार्डमार्फत भुक्तानी प्राप्त गर्ने माध्यम
· कर्पोरेट संघसंस्थाका कर्मचारीहरूको लागि अन कार्ड - भर्चुअल क्रेडिट कार्ड (ON Card) र भिसा क्रेडिट कार्ड सुविधा
· व्यवस्थित व्यापारिक कारोबारको लागि कर्पोरेटपे (CorporatePay) तथा राष्ट्रिय भुक्तानी इन्टरफेस (NPI) एकीकरण सेवा
· रियल टाइम भुक्तानीका अलर्टहरू सहित व्यापारिक भुक्तानी प्राप्तीको लागि लक्ष्मी वाणी (QR भ्वाइस बक्स)
यसमा सहभागी हुने उद्यमी तथा व्यवसायीहरूले डिसेम्बर महिनाभरि आफ्नो डिजिटल रूपान्तरण यात्रालाई थप लाभदायी बनाउन विशेष अनबोर्डिङ लाभ, छुट्, विशिष्टिकृत तथा अग्राधिकार सेवा प्राप्त गर्नेछन्।