
कवि तथा गीतकार विप्लव प्रतीकले आफ्नै आवाजमा कविता प्रत्यक्ष प्रस्तुत गर्ने भएका छन् ।
शनिबार प्रतीकले पहिलो पटक आफ्ना कविताहरू प्रत्यक्ष वाचन गरेर ठमेलको टेन एक्स क्लबमा '१० एक्स पोएट्री नाइट विथ विप्लव प्रतीक’ शीर्षकको विशेष साहित्यिक कार्यक्रम आयोजना हुँदैछ।
साँझ पाँच बजेपछि शुरू हुने कार्यक्रममा कवि प्रतीकले आफ्ना कविताहरू आफैंले वाचन गरेर दर्शक तथा आमन्त्रित पाहुनाहरूलाई सुनाउन लागेका हुन् ।
यस कार्यक्रममा विभिन्न सेलिब्रेटी दर्शकहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।