२६ जेठ २०८३, मंगलबार

नारद गौतमको कविता संग्रह ‘शब्दका छर्रा’ लोकार्पण

पुस १३, २०८२
काठमाडौं
नारद गौतमको कविता संग्रह ‘शब्दका छर्रा’ लोकार्पण

साहित्यकार नारद गौतमद्वारा लिखित कविता संग्रह ‘शब्दका छर्रा’ लोकार्पण भएको छ ।

लुम्बिनी वाङ्‌मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा जनजागृति माध्यमिक विद्यालय योगीकुटीमा कविता संग्रह ‘शब्दका छर्रा’ लोकार्पण गरिएको हो । 

कार्यक्रममा प्राडा हिरण्यलाल ज्ञवालीले कृति समीक्षाका क्रममा गौतमले नेपाली भाषामा प्रयोगविहीन हुन लागेका शब्दका बारेमा गहनतम अध्ययन र उजागर गर्ने काम गरेको बताए  । कविता काव्यका क्षेत्रमा ‘शब्दका छर्रा’ कृति पठनीय रहेको ज्ञवालीले बताए ।

यस्तै, साहित्यकार रुद्र ज्ञवालीले गौतम संस्कृतका ज्ञाता, प्रचलनविहीन नेपाली भाषाका अनुसन्धाता रहेको बताउँदै नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा उनले पुर्‍याएको योगदानको प्रशंसा गरे  

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद, साहित्यकार विजय हितान, मदनलाल पौडेल, रमेश समर्थन, लक्ष्मण ज्ञवाली, तिलक लामिछाने, दुर्गा थापा मगर, डा. लक्ष्मी पोखरेल ‘कोकिला’ लगायतले शुभकामना मन्तव्यसहित रचना वाचन गरेका थिए ।

जनजागृति माविका प्रधानाध्यापक टंकप्रसाद पौडेल, लेखककी धर्मपत्नी मधुरा गौतमलगायतको आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार नारद गौतमले आफ्नो साहित्यिक लेखनको प्रारम्भ र रचनागर्भका बारेमा बताए । 

salt training

कमेन्ट गर्नुहोस्