२६ जेठ २०८३, मंगलबार

‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने

पुस १३, २०८२
काठमाडौं
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने

‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि तथा गीतकार उषा शेरचनलाई प्रदान गरिने भएको छ।

आर्थिक सञ्जाल मिडिया प्रालिद्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

कविता, उपन्यास, गीत र मुक्तक विधामा तीन दशकदेखि कलम चलाउँदै आएकी कवि शेरचनका ‘नजन्मेका आस्थाहरू’ तथा ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’ (कविता सङ्ग्रह), ‘अक्षरहरूका शिविरबाट’ (मुक्तक सङ्ग्रह) ‘तेस्रो रङ्ग’ (कथा सङ्ग्रह) ‘आधि’ (उपन्यास) का साथै गीति क्यासेटहरू ‘अभिप्सा’, ‘सञ्चयन’ र ‘मेरो माटो : मेरो गीत’ प्रकाशित छन् ।

नेवारी भाषाका साहित्यकार तथा पत्रकार ईश्वरमान रञ्जितको स्मृतिमा स्थापित पुरस्कारको राशि रु ११ हजार १११ रहेको चयन समितिका संयोजककुमार रञ्जितले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्