
लक्ष्मी सन्राइज बैंक लिमिटेडको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड पुगेको बैंकले जनाएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ३७१ अर्ब निक्षेप र २८७ अर्ब कर्जा पुर्याएको बैंकको वासलातको आकार ४४३ अर्ब रहेको छ ।
सो आवमा बैंकले ४ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।