२६ जेठ २०८३, मंगलबार

मोबाइल र कम्प्युटरको भाउ महँगिने

पुस २३, २०८२
काठमाडौं
मोबाइल र कम्प्युटरको भाउ महँगिने

यदि तपाईं सन् २०२६ मा नयाँ मोबाइल वा कम्प्युटर किन्ने योजनामा हुनुहुन्छ भने यसका लागि तपाईंले पहिलेको तुलनामा बढी रकम खर्च गर्नुपर्ने हुन सक्छ। र्‍याम र स्टोरेज डिभाइसहरूको मूल्यमा भइरहेको तीव्र वृद्धिका कारण विद्युतीय उपकरणहरूको बजार महँगिने देखिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । 

विज्ञहरूका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो माग र यसका लागि आवश्यक डेटा सेन्टरहरूको विस्तार नै मूल्य वृद्धिको मुख्य कारण हो। अक्टोबर २०२५ यता र्‍यामको मूल्य दोब्बरभन्दा बढी भइसकेको छ। कतिपय अवस्थामा त यसको लागत ५०० प्रतिशतसम्म बढेको रिपोर्टहरूले देखाएका छन्।

कम्प्युटर निर्माण गर्ने कम्पनी 'साइबर पावर पीसी' का जनरल म्यानेजर स्टिभ मेसनका अनुसार र्‍यामको बढ्दो मूल्यले निर्माताहरूलाई आफ्ना उत्पादनको मूल्य बढाउन बाध्य पार्नेछ। पहिले कम्प्युटरको कुल लागतमा र्‍यामको हिस्सा १५ देखि २० प्रतिशत हुने गरेकोमा अहिले यो बढेर ३० देखि ४० प्रतिशत पुगेको छ।
टेक इनसाइड्सका माइक हावर्डका अनुसार सन् २०२६ मा एउटा सामान्य ल्यापटपको मूल्य ४० देखि ५० डलर (करीब ५ हजार देखि ७ हजार रुपैयाँ) र स्मार्टफोनको मूल्य ३० डलरसम्म बढ्न सक्छ। अमेजन, गुगल जस्ता ठूला कम्पनीहरूले आफ्ना एआई सेवाका लागि भारी मात्रामा र्‍याम सञ्चय गरिरहेकाले बजारमा माग र आपूर्तिबीच ठूलो खाडल देखिएको छ।

बजारमा र्‍याम आपूर्ति गर्ने ठूला कम्पनीहरूले अब सामान्य उपभोक्ताभन्दा एआई क्षेत्रलाई प्राथमिकता दिने घोषणा गरिसकेका छन्। यसले गर्दा आगामी वर्षहरूमा र्‍यामको अभाव अझै बढ्न सक्छ। यस्तो अवस्थामा उपभोक्ताहरूसँग तीनवटा विकल्प मात्र बाँकी रहने समाचारमा उल्लेख छ । जसअनुसार-
१. महँगो मूल्य तिरेर नयाँ उपकरण किन्ने।
२. कम शक्तिशाली (थोरै र्‍याम भएको) उपकरणमा चित्त बुझाउने।
३. आफ्ना पुराना मोबाइल वा कम्प्युटरलाई नै केही समय थप मर्मत गरेर चलाउने।

salt training

कमेन्ट गर्नुहोस्