२६ जेठ २०८३, मंगलबार

फेरि किन घट्यो ब्याजदर ?

माघ २, २०८२
काठमाडौं
फेरि किन घट्यो ब्याजदर ?

काठमाडौँ । चुलिँदै गएको तरलता र कर्जा प्रवाह कमजोर बन्दै गएपछि वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर फेरि घटाएका छन् । माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदर सूची अनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कमध्ये ११ बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।

सात बैङ्कले ब्याजदर यथावत् राख्दा प्राइम कमर्सियल बैङ्कले भने ब्याजदर बढाएको छ । पुस महिनामा व्यक्तिगत मुद्दतो निक्षेपको औसत अधिकतम ब्याजदर ४.८३ प्रतिशत रहेकोमा माघमा घटेर ४.६८४५ प्रतिशतमा झरेको छ । यस अवधिमा औसतमा ०.१५ प्रतिशत विन्दुले ब्याजदर घटेको देखिन्छ ।

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज ग्लोबल आइएमई बैङ्कले ४.४ प्रतिशत दिने घोषणा गरेको छ । सबैभन्दा कम ब्याज भने स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ४.३६ प्रतिशत तोकेको छ ।

ब्याजदर घटाउने बैङ्कहरूमा कृषि विकास, एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारि, सानिमा, हिमालयन, नेपाल एसबिआई र सिटिजन्स बैङ्क रहेका छन् ।

यस्तै पुसकै ब्याजदर यथावत् राख्ने बैङ्कहरूमा नेपाल बैङ्क, एनआइसी एसिया, प्रभु, राष्ट्रिय वाणिज्य, नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैङ्क छन् ।

तरलता पर्याप्त रहेको तर कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न नसकेको अवस्थामा बैङ्कहरूलाई निक्षेप संकलनमा आक्रामक ब्याजदरको आवश्यकता नपरेको देखिन्छ । कर्जा माग कमजोर हुँदा निक्षेपमा दिइने ब्याजदर क्रमशः घट्दै गएको बैङ्कहरूको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्