![कांग्रेसले टुंग्यायो हिमाली तथा काठमाडौंबाट टाढाका जिल्लामा उम्मेदवार [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Gagan_Thapa_Bishwaprakash_Sharma_UdjOvOQPMG.png)
नेपाली कांग्रेसले हिमाली तथा राजधानी काठमाडौंभन्दा टाढाका जिल्लाको टिकट टुंगो लगाएको छ ।
सभापति गगनकुमार थापा नेतृत्वमा सोमबार बसेको संसदीय बोर्डको बैठकले हिमाली जिल्लामा टिकट वितरण गरेको हो । कांग्रेस स्रोतले दिएको जानकारी अनुसार उनीहरूलाई टिकट दिएर पठाइएको छ ।
प्राप्त जानकारी अनुसार कांग्रेसले हुम्लामा जयपति रोकायलाई टिकट दिएको छ । यस्तै, मुगुमा खड्गबहादुर शाहीले टिकट पाएका छन् ।
डोल्पामा कर्ण बहादुरले बुढाले टिकट पाउँदा कालिकोटमा हर्ष बमले टिकट पाएका छन् । जुम्लामा दीपबहादुर शाहीले टिकट पाएका छन् ।
यस्तै, दैलेख १ मा बासना थापा तथा २ मा दिक्पाल शाहीले टिकट पाएका छन् ।
सल्यानमा केशबहादुर विष्ट तथा बाजुरामा जनक गिरीले टिकट पाएको स्रोतले बतायो ।
यस्तै, रोल्पामा डा. सुधन कुमार ओली‚ प्युठानमा डा. गोविन्दराज पोखरेल र बाजुरामा जनक गिरीले टिकट पाएका छन् । पूर्वी रूकुममा कुसुम थापा मगरले टिकट पाएकी छन् ।
स्रोतका अनुसार ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ र तेह्रथुममा सन्तोष सुब्बाले टिकट पाएका छन् ।
यसबाहेक पाँचथरमा नरेन्द्र केरुङले टिकट पाउँदा धनकुटामा दिनेश राईले टिकट पाएको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
यस्तो छ सूची :
हुम्ला- जयपति रोकाया
मुगु- खड्ग बहादुर
जुम्ला- दीप बहादुर शाही
डोल्पा- कर्ण बहादुर बुढा
कालिकोट- हर्ष बम
दैलेख – १ बासना थापा
दैलेख – २ दिक्पाल शाही,
सल्यान- केश बहादुर विष्ट
बाजुरा- जनक गिरी
पूर्वी रूकुम- कुसुम थापा मगर
रोल्पा- डा. सुधन कुमार ओली
प्युठान- डा.गोविन्दराज पोखरेल
ताप्लेजुङ- गजेन्द्र तुम्येहाङ
पाँचथर- नरेन्द्र केरूङ
बैतडी- चतुर बहादु चन्द
तेह्रथुम- सन्तोष सुब्बा
धनकुटा- दिनेश राई