
शारडा ग्रुप अन्तर्गतको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो नयाँ लाइफस्टाइल इलेक्ट्रिक SUV iCAUR V23 सार्वजनिक गरेको छ।
नेपाली अटोमोबाइल इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै कम्पनीले बिहीबार आफ्नो नयाँ लाइफस्टाइल इलेक्ट्रिक SUV iCAUR V23 लाई देशका आठ प्रमुख शहरमा एकैसाथ सार्वजनिक गरेको हो ।
बिर्तामोड, विराटनगर (ओमोडा एन्ड जेइको शोरुम), वीरगञ्ज, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी एकैसाथ SUV iCAUR V23 सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
क्लासिक डिजाइन र आधुनिक प्रविधिको संगम iCAUR V23 एक रेट्रो-प्रेरित, पूर्ण-इलेक्ट्रिक अफ-रोड SUV हो । जसले क्लासिक रफ डिजाइन र अत्याधुनिक प्रविधिलाई सन्तुलित रूपमा प्रस्तुत गर्दछ।
यसमा ५९.९३ kWh को LFP ब्याट्री र १०० kW को मोटर रहेको छ । जसले ४०१ किमी (CLTC) सम्मको रेन्ज प्रदान गर्दछ।
यसको आकर्षक 'बक्सी' लुक्स, क्लासिक गोलो हेडलाइट र २१०mm को उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले यसलाई शहर र अफ-रोड दुवैका लागि उपयुक्त बनाएको छ ।
गाडीमा १३.२ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले र सुरक्षाका लागि लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जडान गरिएको छ।
iCAUR V23 को मूल्य ४९.९९ लाख तोकिएको छ। हाल नेपालभर १८ भन्दा बढी नेटवर्क टचपोइन्ट र २१ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरिसकेको एसपीजी अटोमोबाइल्सले नेपालमा 'ग्रीन इनर्जी' सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ।
प्रि-बूकिङ गरेका ग्राहकका लागि देशभरका शोरुम र आधिकारिक डिलरमार्फत गाडीको डेलिभरी गरिने कम्पनीले जनाएको छ ।