२६ जेठ २०८३, मंगलबार

‘हेरा फेरी ३’ माथि फेरि छायो संकटको बादल, अदालतसम्म किन पुग्यो विवाद ?

माघ २४, २०८२
काठमाडौं
‘हेरा फेरी ३’ माथि फेरि छायो संकटको बादल, अदालतसम्म किन पुग्यो विवाद ?

बलिउडको चर्चित ‘हेरा फेरी’ फ्रेन्चाइज मानौँ कसैको नजर लागेको जस्तो देखिन्छ । पछिल्लो करिब १० वर्षदेखि यसको तेस्रो भाग ‘हेरा फेरी ३’ निर्माण गर्ने प्रयास भइरहेको भएपनि कुनै न कुनै कारणले यो परियोजना बारम्बार अड्किँदै आएको छ । 

निर्देशक, कलाकारदेखि लिएर फिल्मका अधिकार (राइट्स)सम्मको विवाद सतहमा आइसकेको छ । अब दक्षिण भारतका एक प्रोड्युसरले ‘हेरा फेरी’ का मौलिक राइट्स आफ्नै भएको दाबी गरेपछि यो विषय अदालतसम्म पुगेको छ ।

किन फेरि अड्कियो ‘हेरा फेरी ३’ ?
एचटीको रिपोर्टअनुसार सेवन आर्ट्स इन्टरनेशनल नामक दक्षिण भारतीय फिल्म प्रोडक्सन कम्पनीले ‘हेरा फेरी’ का प्रोड्युसर फिरोज नाडियाडवालाविरुद्ध मद्रास उच्च अदालतमा मुद्दा दायर गरेको छ । कम्पनीको दाबी अनुसार, ‘हेरा फेरी’ फ्रेन्चाइजको कपीराइट फिरोज नाडियाडवालासँग होइन, उनीहरूसँग छ ।

बार एन्ड बेन्चको रिपोर्ट अनुसार अदालतमा दायर गरिएको याचिकामा फिरोज नाडियाडवालासँग सन् २००० मा रिलिज भएको पहिलो ‘हेरा फेरी’ मात्र निर्माण गर्ने अधिकार थियो । त्यसपछि बन्ने सिक्वेल वा फ्रेन्चाइजसम्बन्धी अन्य अधिकार उनीसँग थिएनन् ।

 ‘हेरा फेरी’ सन् १९८९ मा रिलिज भएको मलयालम फिल्म ‘रामजी राव स्पिकिङ’ को आधिकारिक हिन्दी रिमेक हो । यसको निर्देशन प्रियदर्शनले गरेका थिए । प्रोड्युसरको आरोप अनुसार  नाडियाडवालाले अधिकार नहुँदै ‘हेरा फेरी’ को सिक्वेल ‘फिर हेरा फेरी’ निर्माण गरे, जुन गलत थियो । साथै, उनले पछि यस फ्रेन्चाइजका राइट्स अक्षय कुमारको प्रोडक्सन कम्पनी ‘केप अफ गुड फिल्म्स’लाई बिक्रीसमेत गरिसकेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्