![सुनसान बने काठमाडौंका सडक [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Kathmandu_Road_1_RqH5xwukJZ.jpg)
काठमाडौं उपत्यकाका सडक सुनसान बनेका छन् ।
भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका मतदाता सम्बन्धित क्षेत्र प्रस्थान गरेपछि यहाँका सडक सुनसान बनेका हुन् ।
यति मात्र होइन सरकारले तीन दिन (फागुन २०, २१ र २२) सार्वजनिक बिदा दिँदा पनि उपत्यकामा सवारी साधनको चाप घटेको छ ।
भोलि बिहीबार बिहान ७ देखि साँझ ५ बजेसम्म देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ ।










