२६ जेठ २०८३, मंगलबार

मोदीलाई नेपालीमै बालेनको जवाफ : नेपाल–भारत सम्बन्ध सुदृढ बन्ने विश्वास

फागुन २६, २०८२
काठमाडौं
मोदीलाई नेपालीमै बालेनको जवाफ : नेपाल–भारत सम्बन्ध सुदृढ बन्ने विश्वास
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतले लगातार दोस्रो पटक विश्वकप उपाधि जितेकोमा बधाई दिएका छन् ।

रास्वपाको शानदार सफलताका लागि पार्टी सभापति रवि लामिछाने र आफूलाई मोदीले दिएको बधाईमा प्रतिक्रिया दिँदै उनले धन्यवाद तथा बधाई दिएका हुन् । 

'धन्यवाद छ शुभकामनाका लागि प्रधानमन्त्री नरेन्द्र मोदीज्यू,' उनले लेखेका छन्, 'नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामीसँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु । साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।'

salt training

कमेन्ट गर्नुहोस्