![कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै रक्षा बमको नेतृत्वमा प्रदर्शन [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Rakshya_Bam_01TrrSdQ2c.jpg)
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन सम्बन्धी छानबिन गर्न बनेको कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै रक्षा बमको नेतृत्वमा प्रदर्शन भएको हो ।
बमको नेतृत्वमा जेनजी मुभमेन्ट अलायन्सले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरे ।

कार्की नेतृत्वको आयोगले फागुन २४ गते प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको थियो । तर सरकारले हालसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन ।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले पूरै दस्तावेज सार्वजनिक गर्न सम्भव भएन भने निचोड मात्रै भए पनि सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

नयाँ सरकार निर्माणको दिन नजिकिँदै जाँदा जेनजी अगुवाहरूले आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेका छन् । नागरिक समाजसँग आबद्ध रहेका व्यक्तिले पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठाएका छन् ।










