
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा सात हजार ८०० र चाँदी ११५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८९५ कायम भएको छ ।
हिजो बिहीबार एक तोला सुन तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार १० कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार १५० कायम भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।