२७ जेठ २०८३, बुधबार

प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए यस्तो गीत

चैत १२, २०८२
काठमाडौं
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए यस्तो गीत

रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।   शपथ लिनुअगाडि बिहीबार उनले एउटा विशेष सांगीतिक उपहार सार्वजनिक गरेका छन्। 

र्‍याप गायक समेत रहेका शाहले आफ्नो विजय र परिवर्तनको सङ्कल्पलाई समेटेर ‘जय महाकाली’ बोलको गीत ल्याएका हुन्।

यो गीतमा बालेनको राजनीतिक यात्रा, चुनावी अभियानका उतारचढाव र उनलाई जनताले दिएको अपार समर्थनलाई दृश्य र शब्दका माध्यमबाट व्यक्त गरिएको छ। गीतको भिडियोमा काठमाडौँका सडकदेखि देशका विभिन्न स्थानमा भएका चुनावी र्‍याली र सर्वसाधारणको उत्साहजनक सहभागितालाई समावेश गरिएको छ।
‘जय महाकाली’ गीतमा राष्ट्रभक्ति, नेपाली स्वाभिमान र बेथिति विरुद्धको आवाज बुलन्द गरिएको छ। आयो गोर्खाली, डर मान्दैन यो नेपाली जस्ता ओजपूर्ण शब्दहरूले युवा पुस्तामा नयाँ ऊर्जा र आशा जगाएको छ। भिडियोमा बालेनले घण्टी बजाउँदै परिवर्तनको संकेत गरेको र आफ्ना समर्थकहरूसँग साक्षात्कार गरिरहेका दृश्यहरूले गीतलाई थप शक्तिशाली बनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्