२६ जेठ २०८३, मंगलबार
सम्पत्ति विवरणमा प्रश्न

मन्त्रीहरूको सुन र सम्पत्तिको स्रोत खुलाउन माग गर्दै काठमाडौंमा अखिल क्रान्तिकारीको प्रदर्शन [फोटोफिचर]

चैत ३०, २०८२
काठमाडौं
मन्त्रीहरूको सुन र सम्पत्तिको स्रोत खुलाउन माग गर्दै काठमाडौंमा अखिल क्रान्तिकारीको प्रदर्शन [फोटोफिचर]

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारी आबद्ध विद्यार्थीहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । 

मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको स्रोत खुलाउन र निष्पक्ष छानबिन गर्न उनीहरूको माग छ ।

उनीहरूले ‘झण्डा नीलो, मन्त्रिपरिषद् पहेँलो’, ‘हामी चुप लाग्दैनौं आयस्रोत खुलाउनैपर्छ’, ‘सुनखानी प्रधानमन्त्री शेयरखानी गृहमन्त्री’, ‘मन्त्रीहरूलाई सुनको बहार जनतालाई महँगी उपहार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्