
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पछिल्लो खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले लखनउ सुपर जयान्ट्सलाई पाँच विकेटले हरायो ।
लखनउस्थित एम. चिन्नास्वामी स्टेडियममा खेलिएको खेलमा बैंगलुरुले पहिलो पटक लखनउलाई हराएको हो । यसअघि यो स्टेडियममा आरसीबीले लखनउलाई हराउन सकेको थिएन ।
जितसँगै आरसीबी अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । जारी सिजन पाँच खेल खेलेको आरसीबीले चार जित र एक हारको नतिजाबाट आठ अंक बटुलेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । आरसीबीले १५.१ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
यो खेलपछि जारी सिजनको आईपीएलको ‘अरेन्ज क्याप’ पनि आरसीबीका अभुनवी खेलाडी विराट कोहलीसँग पुगेको छ । यद्दपि, लखनउविरुद्धको खेलमा उनी एक रनका कारण अर्धशतकबाट चुके ।
आईपीएलमा उनी पहिलो पटक ४९ रनमा आउट भएका हुन् । जारी आईपीएलमा उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो स्थानमा छन् । उनले दुई सय २८ रन बनाएका छन् ।
लखनउविरुद्ध कोहली ‘इम्प्याक्ट प्लेयर’ का रुपमा मैदानमा ओर्लिएका थिए । आईपीएलमा उनी पहिलो पटक ‘इम्प्याक्ट प्लेयर’ बनेर मैदानमा ओर्लिएका हुन् ।