
सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ७०० र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९९५ रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ९४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।