२६ जेठ २०८३, मंगलबार

पुरू लम्सालको नाट्यकृति ‘निऋति’ बजारमा

बैशाख १४, २०८३
काठमाडौं
पुरू लम्सालको नाट्यकृति ‘निऋति’ बजारमा

नेपाली रङ्गमञ्चमा लामो समयदेखि सक्रिय नाटककार, निर्देशक एवं अभिनेता पुरू लम्सालको नयाँ नाटक संग्रह ‘निऋति’ सार्वजनिक भएको छ । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका लम्सालको नाट्यकृति ‘निऋति’लाई शिखा बुक्सले बजारमा ल्याएको छ । 

लम्सालले लामो समयदेखि ‘नेपाली रङ्गमञ्चमा नेपाली नाटक’ भन्ने अभियान चलाइरहेका छन् । उनले विदेशी नाटकको प्रभावलाई कम गर्दै नेपाली माटो र परिवेशका नाटक लेखिनुपर्छ र मञ्चन हुनुपर्छ भन्ने अभियानको नेतृत्व गर्दै आएका छन् ।

पुस्तकको भूमिकामा प्राध्यापक डा. रामचन्द्र पोखरेलले लम्सालको नाट्ययात्रालाई नेपाली नाटकको इतिहाससँग जोडेर चर्चा गरेका छन् ।

पोखरेलका अनुसार नेपाली नाटक लेखनमा बालकृष्ण समको उत्तराधिकारीका रूपमा अशेष मल्ल देखिए झैँ, मल्लको उत्तराधिकारीका रूपमा अहिले पुरू लम्साल सक्रिय छन् ।

लम्सालले नाटक लेखन, निर्देशन र अभिनय तीनवटै विधामा निरन्तर दिएको योगदानलाई कदर गर्दै डा. पोखरेलले उनलाई ‘बालकृष्ण समको नाति पुस्ताका नाटककार’का रूपमा चित्रण गरेका छन् । 

संग्रहभित्र पाँचवटा फरक–फरक स्वादका नाटक समावेश छन्  ।  

salt training

कमेन्ट गर्नुहोस्