
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
मंगलबार राष्ट्रिय तथ्याङ्क कार्यालयले पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर ३.८४ प्रतिशत रहने जनाएको हो ।
कार्यालयका अनुसार चालु आवमा नेपालको अर्थतन्त्र विस्तार भएर ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
गत आवमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान गरिएकोमा ४.४३ प्रतिशतले अर्थतन्त्र विस्तार हुने संशोधित अनुमान कार्यालयको रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.६८ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।
आधारभूत मूल्यको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८१/८२ मा ३.८० प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०८०/८१ मा ३.३८ प्रतिशत कायम रहेको कार्यालयले जनाएको छ ।