२६ जेठ २०८३, मंगलबार

तिलिचोमा आयोजना गरिएको रेस्लिङ खेल ‘वर्ल्ड रेकर्ड’मा समावेश

बैशाख १८, २०८३
काठमाडौं
तिलिचोमा आयोजना गरिएको रेस्लिङ खेल ‘वर्ल्ड रेकर्ड’मा समावेश

नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ खेललाई ‘वर्ल्ड बुक अफ रेकर्डस’ लन्डनमा समावेश गरिएको छ ।

चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित तिलिचो तालमा आयोजना गरिएको रेस्लिङलाई ‘वर्ल्ड बुक अफ रेकर्डस’मा समावेश गरिएको हो ।

गत नोभेम्बर २६ तारिखमा तिलिचोमा भएको रेस्लिङमा नेपालबाट भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड)सँग प्रतिस्पर्धा गरेका थिए । त्यो खेलमा भगवती र अस्मिता विजयी भएका थिए ।

पूर्वउपसभामुख इन्दिरा रानाले एक कार्यक्रमबीच भगवती र अस्मितालाई ‘वर्ल्ड बुक अफ रेकर्ड’को प्रमाणपत्र प्रदान गरिन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनमा भगवती अध्यक्ष र अस्मिता कोषाध्यक्षको जिम्मेवारीमा पनि छन् ।

फाउन्डेसनले विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्ने उद्देश्यले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ३३ मिटरको उचाइमा रहेको कालापत्थरमा पनि मैत्रीपूर्ण रेस्लिङ आयोजना गरेको थियो ।

एभरेष्ट दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण रेस्लिङमा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो)लाई पराजित गरेकी थिइन् ।

त्यो खेलमा अस्मिताले भने निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्