२६ जेठ २०८३, मंगलबार

रामेछापमा बलत्कार आरोपमा एक जना पक्राउ

बैशाख १९, २०८३
रामेछाप
रामेछापमा बलत्कार आरोपमा एक जना पक्राउ

रामेछापमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका ७ बुन्देलडाँडा बस्ने ४१ वर्षीय माझी भन्ने बमबहादुर दमाई छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बमबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछाप समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्