
मोरङमा स्रोत नखुलेको ११ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका १८ बस्ने ३५ वर्षीय दिलीप तामाङ छन् ।
उनलाई विराटनगर महानगरपालिका ४ विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद ११ लाख रुपैयाँसहित शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।