
हुम्लामा भरुवा बन्दुकसहित एक जना पक्राउ पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खार्पुनाथ गाउँपालिका ४ बस्ने ६३ वर्षीय मक्कबहादुर रोकाया छन् ।
उनलाई १ थान भरुवा बन्दुक, फलामको रडको गोली १२ थान र बारुद ९० ग्रामसहित शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।