२६ जेठ २०८३, मंगलबार

नाबालिकालाई गर्भवती बनाएर फरार युवक पक्राउ

बैशाख २१, २०८३
काठमाडौं
नाबालिकालाई गर्भवती बनाएर फरार युवक पक्राउ

 नाबालिकामाथि जबरजस्ती करणी गरी गर्भवती बनाएपछि फरार रहेका एक युवकलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–११ निवासी २० वर्षीय पुरुषोत्तम यादव रहेका छन्। उनले नाबालिकामाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पीडितकी आमाले २०८२ साउन १७ गते जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दिएकी थिइन्।

जाहेरीपछि फरार रहेका यादवको खोजीका क्रममा उनी मोरङको विराटनगर–कञ्चनवारी क्षेत्रमा लुकेर बसेको सूचना पाएपछि प्रहरीले समातेको हो। जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा वैशाख १९ गते पक्राउ गरी उनलाई धादिङ ल्याइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि धादिङ जिल्ला अदालतमा उपस्थित गराइएको छ। अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्