२६ जेठ २०८३, मंगलबार

कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

बैशाख २३, २०८३
काठमाडौं
कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या

काठमाडौंको कीर्तिपुरमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।

बुधबार दिउँसो धारिलो हतियार प्रहारबाट विपिन घिमिरेको मृत्यु भएको हो । उनीमाथि दुई जनाले हतियार प्रहार गरेका थिए ।

हतियार प्रहारपछि गम्भीर घाइते भएका उनलाई  कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी, पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार हतियार प्रहार गर्ने विपिनकै साथी हुन् । उनीहरू केही समय पहिले प्रहरी हिरासतबाट छुटेका थिए । उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा पक्राउ गरिएको थियो ।

हतियार प्रहार गर्ने दुवै जनाको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्