२७ जेठ २०८३, बुधबार

रूपन्देहीको बाल सुधार गृहमा अनुगमन

बैशाख २३, २०८३
बुटवल
रूपन्देहीको बाल सुधार गृहमा अनुगमन

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ भैरहवास्थित बाल सुधार गृहमा अनुगमन गरिएको छ ।

प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्याल, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, शिक्षा विकास तथा समन्वय एकाइ, रूपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीसहितको टोलीले बाल सुधार गृहको अनुगमन गरेको हो ।

अनुगमनपश्चात् सांसद पौड्यालले बाल सुधार गृहलाई अझ ठूलो स्थानमा स्थानान्तरण गर्न आवश्यक देखिएको बताइन् । त्यसका लागि आवश्यक पहल गरिने उनले बताइन् ।

एकै ठाउँमा धेरै बालकहरू बस्दा स्वास्थ्यसहित अन्य समस्या आउन सक्ने उनको भनाइ छ ।

बाल सुधार गृहमा स्थानीय तहहरूले खाजा व्यवस्थापनका लागि सहयोग गरिरहेको भए पनि त्यो पर्याप्त हुन नसकेको उनले बताइन् ।

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको सदस्यसमेत रहेकी पौडेलले बाल सुधार गृहमा रहेका बालकहरूलाई मनोसामाजिक परामर्श पनि आवश्यक रहेकामा जोड दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्