२६ जेठ २०८३, मंगलबार

लिग–२ क्रिकेट : अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, ईशानको डेब्यू

जेठ २, २०८३
काठमाडौं
लिग–२ क्रिकेट : अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, ईशानको डेब्यू

आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा शनिबार अमेरिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकी टोलीले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

जारी शृंखलामा नेपाल र अमेरिका दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । 

यी दुवै टोली आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएका थिए ।

यस खेलबाट ईशान पाण्डेले डेब्यु गर्दैछन् भने कुशल भुर्तेलले कमब्याक गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्